महिना दिन अगाडि फिल्म ‘छक्का पन्जा २’ नारीहरुलाई हेपेको भन्दै यसको यूनिटसँग विवादमा परेकी अभिनेत्री ऋचा शर्मालाई फेरि उनी अभिनित अर्को फिल्मकी अभिनेत्रीले ‘गेट वेल सुन’ लेखेकी छिन् ।
फिल्म ‘फिर्के’मा अभिनेत्री ऋचा शर्माले काम गरेकी छिन् । तर, यो फिल्मको प्रमोशनमा ऋचाले साथ नदिदा यसका मुख्य कलाकार सुलेमान शंकर एक्लै दौडिरहेका छन् ।
यो फिल्ममा अर्की हिरोइन पनि छन्, क्रिस्टिना पौडेल । क्रिस्टिनाले यो फिल्ममा ऋचा शर्मासँग काम गर्दा आफूलाई खराब अनुभव भएको बताएकी छिन् । उनले लेखेको स्टाटसमा भनिएको छ–‘फिर्केमा ऋचा शर्मासँग काम गर्दा खराब अनुभव भयो । उनको ब्यवहारले मलाई ह्यारेसमेन्ट भयो । म यतिबेला शतप्रतिशत यो निर्णयमा पुगेकी छु कि, ऋचाको मानसिक अवस्था ठिक छैन । गेट वेल सुन ।’
यी दुई हिरोइनविच कुर्सी विवाद भएको थियो । सुटिङ सेटमा कुर्सीमा क्रिस्टिना कुर्सीमा बसेकी थिइन् भने ऋचाले कुुर्सी पाइनन् । यसकारण, उनले आफूलाई कुर्सी चाहियो भन्दै कराएकी थिइन् । ऋचा कराएपछि क्रिस्टिनाले मलाई किन भनेको भन्दै कराएकी थिइन् । ऋचाले तँ जस्तो नयाँ कलाकारसँग म किन रिसाउनु भनेर जवाफ पुगिन् । यसपछि, दुई जनाविच विवाद नै भएको थियो । विवादले झन्डै हात नै छाड्ने अवस्थामा पुर्याएको फिल्म यूनिटका एक व्यक्तिले बताए । झगडा भएपछि दुबै हिरोइनहरु सुटिङ सेट छाडेर हिडेका थिए ।
फिल्ममा ऋचाको भन्दा क्रिस्टिनाको भूमिका धेरै छ । सायद, ऋचालाई यो कुराले पनि रिस उठेको हुनसक्छ । तर, फिल्म छायांकनका क्रममा क्रिस्टिनाले पनि यसको निर्माण यूनिटलाई कम्ता दुख भने दिएकी थिइनन् ।
अहिले न ऋचा न त क्रिस्टिना, सुलेमान र निर्देशक रवि डंगोल आफै फिल्मको प्रचारमा दौडिएका छन् । बारम्बार यसरि नै विवादमा फस्दै गइन् भने ऋचा शर्माको ओरालो लागेको करिअर झनै तल झर्ने निश्चित छ ।