चितनवनको पर्यटकिय नगरि सौराहामा फिल्म ‘लभ डायरिज’को छायांकन धमाधम भैरहेको छ । यूवायूवतिविचको मायाप्रेम र कमेडीलाई कथावस्तु बनाएर यो फिल्मको छायांकन थालिएको हो ।
सौरभ चौधरीले यो फिल्मको निर्देशन गरिरहेका छन् । फिल्मको करिब ७० प्रतिशत भाग चितवनमा नै छायांकन हुनेछ । पोखरा र काठमाण्डौमा पनि फिल्मको केहि दृश्य खिचिनेछ । फिल्मको मुख्य भूमिकामा सुशिल श्रेष्ठ छन् । विदेशमा मोजमस्ती गरेको र नेपाल आएपछि सघर्ष गरिरहेको यूवाको भूमिकामा आफू देखिएको सुशिल बताउँछन् ।
यो फिल्मबाट नव–अभिनेत्री रुविना थापाले फिल्म क्षेत्रमा डेब्यू गरेकी छिन् । आफू साधारण यूवतिको भूमिकामा देखिएको रुविनाको भनाई छ । फिल्ममा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारिको फिल्ममा मुख्य भूमिका छ । साहिल खान एसोसियट निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।