फिल्म ‘फिर्के’लाई लिएर कलाकार सुलेमान शंकर ‘इकु’ उत्साहित छन् । फिल्मको शिर्ष भूमिकामा रहेका इकुले सबै गीतमा आफै अभिनय पनि गरेका छन् । फिल्ममा समावेश ‘सानी सानी’ बोलको गीत रिलिज भएको छ, जसमा इकु र नव–अभिनेत्री क्रिस्टिना पौडेललाई देखाइएको छ । फिल्ममा भने अर्पण थापा, ऋचा शर्माले पनि अभिनय गरेका छन् ।
यो गीतमा विश्व नेपाली र जुना प्रसाइँको स्वर, रामशरण नेपालीको शब्द, विश्व आफ्नै संगीत छ । फिल्मलाई हाँस्य कलाकार रवि डंगोलले निर्देशन गरेका हुन् । फिल्ममा ओमला गुरुङ र राजेश श्रेष्ठको लगानी छ ।
फिल्ममा अभिमन्यू निरबीको लेखन, अष्ट महर्जनको द्धन्द्ध निर्देशन, मीत्र डी गुरुङको सम्पादन, रामकुमार केसीको छायांकन छ । गाउँबाट शहर पुगेको यूवाको कथालाई फिल्ममा कमेडी शैलीमा देखाइएको छ ।