अभिनेता सविन श्रेष्ठको प्रस्तुतीमा तयार भएको फिल्म ‘हिरो रिटन्र्स’ चल्ने चर्चा पनि लामै भैसक्यो । फिल्म तयार भएको केहि समय हुँदा पनि सविनले उपयुक्त डेट तोक्न सकेका थिएनन् । फिल्मका केहि दृश्य चित्त नवुझेकाले रिसुट गर्नुपरेकाले नयाँ डेट नतोकेको सविनले कारण देखाएका छन् ।
यो फिल्म अब वैशाख २८ गतेबाट रिलिज हुने भएको छ । आउँदो बर्षको वैशाख २८ गतेलाई फिल्मको रिलिज मिति पक्का गरिएको सविनले बताएका छन् । आशिष भेटवालको निर्देशनमा बनेको फिल्ममा रेखा थापा, सविन श्रेष्ठ, दिल श्रेष्ठ लगायतका कलाकारलाई देख्न सकिन्छ । फिल्मलाई द्धन्द्धात्मक बनाउने प्रयास गरिएको छ ।
कमेडी एक्सन जनरामा तयार भएको फिल्ममा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको द्धन्द्ध र मित्र गुरुङको सम्पादन छ ।