निर्देशक रामबाबु गुरुङले आफू निर्देशित फिल्म ‘मिस्टर झोले’ ‘कबड्डी कबड्डी’को शैली रहेको कुरा स्विकार गरेका छन् । पत्रकारसँग कुरा गर्दै उनले आफ्नो अघिल्लो फिल्म ‘कबड्डी कबड्डी’कै शैलीमा ‘मिस्टर झोले’ आएको कुरालाई अस्विकार गर्न नसकिने बताएका हुन् ।
पौष २८ गतेबाट रिलिज हुन लागेको फिल्मलाई टेकेन खड्काले निर्माण गरेका हुन् भने रौनक विक्रम कँडेल फिल्मका कार्यकारी निर्माता हुन् । उनले एउटै मान्छेले फिल्म बनाएको हुनाले पनि शैली एउटै आएको हुनसक्ने बताए । आफूले भने ‘कबड्डी कबड्डी’को स्वाद नआओस् भन्ने चाहेको तर जति गर्दा पनि हटाउन नमिल्ने उनको भनाई छ ।
अभिनेता दयाहाङ राइले भने गाउँले परिवेशमा फिल्म बनेकाले गर्दा दर्शकले रुचाउने बताए । फिल्ममा दयाको साथमा दिया पुन, बर्षा राउत, वुद्धि तामाङ, विजय बराल, कमलमणि नेपालले काम गरेका छन् ।