फिल्म ‘फिर्के’ आजबाट रिलिज भएको छ । देशका विभिन्न हलमा रिलिज भएको फिल्मलाई सबै बर्गका दर्शकले हेर्न पाउने भएका छन् । फिल्ममा सुलेमान शंकर ‘इकु’ अभिनय र निर्माण छ । यो फिल्मको नाम सुरुमा ‘फिरफिरे’ राख्ने तयारी इकुले गरेका थिए ।
तर, पछि ‘फिर्के’ नाम जुरेको इकुको भनाई छ । कामको खोजीमा गाउँबाट शहर पसेको युवाको संघर्षको कथामा यो फिल्मलाई इकुले निर्माण गरेका छन् । रवि डंगोलले फिल्म निर्देशन गरेका हुन् । फिल्मको नामको अर्थ धेरै लाग्ने भन्दै इकुले फिल्म पनि रमाइलो बनेको बताएका छन् ।
फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिस्टिना पौडेलको अभिनय छ । फिल्मको व्यापारले यस अगाडिको घाटा समेत उठाउने इकुको विश्वास छ । फिल्मलाई सेन्सर बोर्डले यूनिभर्सले सर्टिफिकेट दिएको थियो ।