फिल्म ‘फिर्के’ शुक्रबारदेखि रिलिज भएको छ । फिल्मको व्यापार सामान्य छ । फिल्म हेर्नका लागि हलमा दर्शकको भिडभाड छैन । तर, पनि फिल्मका प्रस्तुतकर्ता तथा कलाकार सुलेमान शंकर र निर्देशक रवि डंगोल खुशी छन् । यी दुई खुशी हुनुको कारण फिल्मले पाएको सकारात्मक प्रतिक्रिया हो ।
अभिनेता तथा प्रस्तुतकर्ता सुलेमानले दर्शकको भिडभाड हलमा नभएपनि प्रतिक्रिया उत्कृष्ट मिलेको बताएका छन् । उनले, यो प्रतिक्रियाका कारण पनि फिल्म हेर्न दर्शक बढ्ने विश्वास व्यक्त गरेका छन् ।
निर्देशक रवि डंगोलले वर्ड अफ माउथले काम गर्ने विश्वास व्यक्त गरे । यो फिल्मबाट आफ्नो इकु नामक परिचय फेरिने विश्वास सुलेमानको थियो । दर्शकले फिक्रे क्यारेक्टरलाई पनि मन पराइदिनुभएको भन्दै सुलेमान दंग देखिएका छन् । अर्पण थापा, ऋचा शर्मा, क्रिस्टिना पौडेलको समेत अभिनय रहेको यो फिल्मले लगानी नेपालबाटै उठाउने संभावना भने कम देखिएको छ ।