नरेश कुमार केसीको निर्देशनमा तयार भएको फिल्म ‘रोमियो एन्ड मुना’को नयाँ पोष्टर रिलिज भएको छ । फिल्मका अभिनेता विनय श्रेष्ठ र अभिनेत्री श्रृष्टी श्रेष्ठलाई समावेश गरिएको फिल्मको पोष्टर सार्वजनिक भएको हो ।
अभिनेता तथा निर्माता विनयले फिल्मको एक गीतको रिलिजको समयमा विकिनी लगाएका यूवतीसँगै पत्रकार सम्मेलनमा उपस्थित भएपछि आलोचना भएको थियो । यो फण्डाले फिल्मको प्रचारमा घाटा लागेको वुझ्न सकिन्छ ।
यसैले पनि फिल्मको दोश्रो पोष्टर सार्वजनिक भएको हो । यो पोष्टर साधारण छ । फिल्ममा सुरक्षा पन्त, सुष्मा कार्की लगायतका कलाकारको पनि अभिनय छ ।
फिल्म फागूण ११ गतेबाट रिलिज हूँदैछ । शहरमा बस्ने एक यूवा र गाउँमा बस्ने एक यूवतीको प्रेमकथालाई फिल्ममा देखाइएको छ ।