पौष २८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मिस्टर झोले’ले आयोजना गरेको कभर भिडियो प्रतियोगीताका विजेतालाई पुरस्कार वितरण गरिएको छ । कभर भिडियो बनाउनेहरुमध्ये पोखराको क्रिस्टल् क्लाउज डान्स गु्रप प्रथम भएको छ । फिल्मका निर्देशक रामबाबु गुरुङले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगद १ लाख ५५ हजारको चेक हस्तान्तरण गरेका छन् ।
कभर भिडियो प्रतियोगीतामा किसन एन्ड डान्स क्रु दोश्रो भएको छ भने द डाइनामिक क्रु तेश्रो भएको छ । उनीहरुलाई क्रमश नगद १ लाख २५ हजार र १ लाख ५ हजार बराबरको चेक हस्तान्तरण गरिएको छ । प्रतियोगीताका लागि २५ भिडियोले सहभागीता जनाएका थिए ।
नगद हस्तान्तरण कार्यक्रममा फिल्मका अभिनेता दयाहाङ राई, अभिनेत्री दीया पुन, निर्माता टेकेन खड्का, कार्यकारी निर्माता रौनक विक्रम कँडेल सहभागी थिए ।
‘ओखती’ बोलको गीतको कभर भिडियो आयोजना गरिएको हो । ‘ओखती’ बोलको गीतमा कालिप्रसाद बाँस्कोटाको संगीत, स्वर र शब्द छ ।