बलिउडमा यदि कुनै निर्देशकको नामबाट फिल्म चल्छ भने ती राजकुमार हिरानी हुन् । ‘मुन्ना भाइ एमबीबीएसदेखि पीके’सम्म आइपुग्दा उनले एउटा ब्रान्ड नै बनाएका छन् । हिरानीले अहिले अभिनेता संजय दत्तको बायोपिक फिल्म निर्देशन गरिरहेका छन् । जसमा अभिनेता रणवीर कपुर मुख्य भूमिकामा छन् ।
यो फिल्मपछि हिरानीले नयाँ फिल्मको तयारी थालिसकेका छन् । उनको नयाँ फिल्ममा अभिनेता बरुण धवनले काम गर्ने पक्का भएको छ । फिल्मको छायांकन आउँदो बर्षको जनवरीबाट सुरु हुँदैछ ।
यसका लागि अहिले हिरानीले तयारी पनि थालेका छन् । हिरानी बलिउडमा हिट फिल्म दिने मेसिन नै मानिन्छन् ।