अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापा अहिले यूरोपमा छन् । फिल्म ‘ए मेरो हजुर २’को यूरोप रिलिजका लागि उनीहरु त्यहाँ पुगेका हुन् । फिल्म रिलिजका लागि यूरोप पुगेकी झरनाले पति सुनिल कुमार थापालाई गजबसँग जन्मदिनको शुभकामना दिएकी छिन् ।
बेल्जियममा डुङ्गामा चढ्दै उनले पतिको ओठमा चुम्बन गरेकी छिन् । चुम्बन गर्दै उनले कविता लेखेर सुनिललाई वधाई तथा शुभकामना दिएकी हुन् । झरना र सुनिल नेपाली फिल्ममा रोमान्टिक जोडीको रुपमा चिनिन्थे । तर, उनीहरुको यस्तो रोमान्टिक अवतार दर्शकले यसअगाडि भने हेर्न पाएका थिएनन् ।