अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘कृ’को बुकिङ मंगलबारबाट नै काठमाण्डौका मल्टिप्लेक्समा खोलिएको छ । बिहिबारसम्म आइपुग्दा यो फिल्मको ओपनिङ आक्रामक हुने संकेत देखिएको छ । अभिनेता अनमोल केसीको स्टारडमका कारण पनि फिल्मलाई क्यूएफएक्सले १८ शो दिएको छ । हिन्दी फिल्म ‘प्याडमान र पद्यमावत’को प्रभाव शोमा देखिएको छ ।
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्ममा अनमोल केसी र अदिती वुढाथोकी मुख्य भूमिकामा छन् । शुक्रबार र शनिबार नै अभिनेता केसी विभिन्न हलमा पुग्ने कार्यक्रम समेत तय गरिएको छ । सुवास गिरी र भूवन केसीले यो फिल्म मिलेर निर्माण गरेका हुन् ।
सिंगल थिएटरमा पनि फिल्मले शुक्रबार आक्रामक ओपनिङ गर्ने अड्कल फिल्म क्षेत्रमा लगाइएको छ ।