फिल्म ‘ब्ल्याक’को प्रदर्शन मिति र पोष्टर रिलिज भएको छ । यो फिल्म जेठ ११ गतेबाट रिलिज हुने भएको छ । साथै, फिल्मका मुख्य कलाकार आकाश श्रेष्ठ र आँचल शर्मालाई समावेश गरेर यो फिल्मको पोष्टर पनि तयार पारिएको छ । फिल्ममा आकाश र आँचलको रोमान्टिक पल देख्न सकिन्छ । यस्तै, आकाशको रिसाहा फेस पनि देख्न सकिन्छ ।
आश्मा पाण्डेको निर्माणमा बनेको फिल्मको पोस्टर रिलिजसँगै औपचारिक रुपमा प्रचार प्रसारको थालनी गरिएको निर्देशक प्रदिप श्रेष्ठले बताए । ‘पछिल्लो समय नेपाली फिल्मप्रति आकर्षित भइरहेको र निरन्तर हेरिरहेका दर्शकको मनोभावना बुझ्नेगरी फिल्म तयार गरेका छौँ, निर्देशकले श्रेष्ठले भने, ‘हाम्रो फिल्मले आजसम्म हलमा नपुगेका नयाँ दर्शकलाई समेत आकर्षण गर्नेछ ।’
एक्सन लभस्टोरी जनराको फिल्म मौनता श्रेष्ठको लेखनमा तयार भएको हो । फिल्ममान महेश खड्का र प्रतिक पौडेलको संगीत छ भने द्वन्द्व निर्देशनको काम चन्द्र पन्तले गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी समावेश हुँदा सम्पादन अर्जुन जिसीको छ । चेतनकुमार पाण्डे फिल्मका कार्यकारी निर्माता हुन् ।