भोली शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘हुर्रे’ले कस्तो कथावस्तु बोकेको होला ? यम थापाले निर्देशन गरेको यो फिल्मको कमेडी ट्रेलरले पनि कस्तो स्वादमा फिल्म बनेको छ भन्ने वुझ्न गाह्रो पर्दैन । फिल्मका मुख्य कलाकारमध्येका एक राजाराम पौडेल फिल्मलाई कमेडी कथामा बनेको मनोरञ्जनात्मक फिल्म भन्छन् ।
केकी अधिकारी, अनुपविक्रम शाही, राजाराम पौडेल, अंकित खड्का र बिजय बराल फिल्मका मुख्य कलाकार हुन् । फिल्ममा संगीता नापितको पनि अभिनय छ । राजारामका अनुसार फिल्म हेर्दा दर्शकले पूर्ण रुपमा रमाइलो गर्नेछन् । फिल्ममा राजारामले २ अभिनेत्रीसँग २ वटा गीतमा नृत्य पनि गरेका छन् ।
फिल्ममा अभिनेत्री केकी अधिकारी केटा फसाउने यूवतिको भूमिकामा छिन् । कलाकारको फरक फरक गेटअपका कारण पनि फिल्म अझै रमाइलो बनेको निर्माण टोलीको भनाई छ ।