जेठ १८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘भैरे’को पहिलो गीत रिलिज भएको छ । ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत रिलिज गर्दै फिल्मको प्रचार आरम्भ गरिएको हो । फिल्ममा लोकलयको गीत राख्ने अहिले त फेसन नै बनेको छ भन्दा हुन्छ ।
फिल्मको यो गीतमा वुद्धि तामाङ, बर्षा सिवाकोटी, विक्रान्त बस्नेतलाई फिचरिङ गरिएको छ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा बसन्त, यम बराल र मेलिना राइको स्वर छ । कविराज गहतराको कोरियोग्राफी रहेको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
भिडियोको कोरियोग्राफीले अहिले प्रशंसा पाइरहेको छ । फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका हुन् । फिल्ममा प्रेमप्रसाद पौडेल र देविमाया अधिकारीको लगानी छ । फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, सुनिल थापा, जान्बी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङको पनि मुख्य भूमिका छ ।