फिल्म ‘गाँजाबाजा’ शुक्रबारदेखि रिलिज भएको छ । शुक्रबारदेखि रिलिज भएको फिल्मको शनिबार काठमाण्डौको कुमारी हलमा प्रेश शो आयोजना गरिएको छ । फिल्म हेर्न पुगेका अधिकांश रंग पत्रकारहरुले यसको मेकिङ, कथावस्तुलाई रुचाएका छन् । उनले, फिल्मले यूवापुस्तालाई आकर्षित गर्ने समेत बताएका थिए ।
गणेशदेव पाण्डेको निर्देशनमा तयार भएको फिल्मले मल्टिप्लेक्समा राम्रै व्यापार गरिरहेको छ । फिल्ममा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय छ । फिल्मले गाँजाको खोजीमा हिड्ने यूवाहरुको एक दिनको कथालाई उठान गरेको छ । फिल्मले मल्टिप्लेक्समा राम्रो कमाई गर्ने अड्कल समेत पत्रकारहरुले लगाएका छन् ।