निर्देशक मिलन चाम्सले निर्देशन गरेका फिल्महरु पाइपलाइनमा छन् । उनले धेरै फिल्म निर्देशन गरेका कारण एकपछि अर्को फिल्मको प्रचार सामाग्री सार्वजनिक भैरहेको छ । प्रदर्शन मिति तय नगरिएको फिल्म ‘बोबी’को पनि टिजर रिलिज भएको छ । यो फिल्मले एक जोडीको वास्तविक जीवनको कथालाई उठान गरेको छ ।
फिल्ममा रियल जोडी कविता गुरुङ र उमेश थापाको मुख्य भूमिका छ । दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथालाई फिल्मले उठान गरेको छ । फिल्ममा यी दुइका साथमा विजय लामा, रुवी राणा, देशभक्त खनाल, रश्मी भट्टी, रवि गिरी, सुरविर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणाको मुख्य भूमिका छ ।
चाम्स इन्टरटेन्मेन्ट र लण्डन आई इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नरेश भट्टराइको कथा, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जीसीको सम्पादन, ताराप्रकाश लिम्बुको संगीत छ । नेपाल र नर्वेमा यो फिल्म खिचिएको छ ।