बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले अमेरिकामा छिन् । हलिउड सिरियल ‘क्वान्टिको’मा काम गरिरहेकी यी स्टार बलिउड फिल्ममा कहिले देखिन्छिन्, पत्तो छैन । तर, प्रियंकाले भने अब आफू बलिउडमा फर्किन लागेको जानकारी फ्यानलाई दिएकी छिन् ।
प्रियंकाका अनुसार, उनले ३ वटा कथा फाइनल गरेकी छिन् । जुन कुराको घोषणा उनी भारत आएर दिनेछिन् । उनले, राकेश शर्माको बायोपिक र संजयलिला भन्सालीको नयाँ फिल्मका लागि कुरा भएको पनि बताएकी छिन् ।
तर, अहिले नै कुन फिल्ममा उनले काम गर्नेछिन् जानकारी दिएकी छैनन् । अंग्रेजी सिरियलको छायांकन सकेर आउँदो साता उनी मुम्बई आउँदैछिन् ।