फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को छायांकनका क्रममा अभिनेता अमिताभ बच्चन विरामी परेका छन् । जोधपुरमा फिल्मको छायांकन भैरहेको थियो । अमिताभ बच्चन विरामी परेपछि डाक्टरको टिम जोधपुर नै पुगेको थियो ।
यो फिल्ममा अभिनेता आमिर खानको मुख्य भूमिका छ । आमिरले अमिताभ बच्चनको हाट र पछाडिको भागमा पीडा भएको बताए । यसको पनि उनले कारण खुलाएका छन् । आमिरले भने-‘यो फिल्ममा अमिताभले थुप्रै द्धन्द्धका दृश्य दिएका छन् । जसकाकारण, उनको हात र पछाडिको भागमा समस्या परेको हो ।’
फिल्म भित्र आफ्नो र अमिताभको द्धन्द्धको दृश्य धेरै भएको उनले बताएका छन् । यो फिल्म तिहारमा रिलिज हुँदैछ ।