वैशाख २१ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘डमरुको डन्डिबियो’को एउटा गीत रिलिज भएको छ । फिल्ममा समावेश गरिएको ‘तितेपाते तितेपाते’ बोलको गीत सार्वजनिक गरिएको हो । कालिप्रसाद बास्कोटाको आवाज र संगीतमा समावेश यो गीतले यो फिल्मको कथा भन्न खोजेको छ । गीतमा कालिप्रसाद बाँस्कोटा, एकतारे र हर्क साउदले शब्द कोरेका छन् ।
फिल्ममा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, वुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा मुख्य भूमिकामा छन् । यो गीतमा सबै कलाकारलाई देखाइएको छ । छेतन गुरुङले फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा खगेन्द्र लामिछानेको कथा, विनोद गुरुङ र नोर्वु घलेको लगानी छ । फिल्ममा हरि हुमागाइको छायांकन, निमेश श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन छ ।