अभिनेत्री केकी अधिकारी बक्स अफिसमा निकै अभागी छिन् । उनको यो बर्ष रिलिज भएका दुबै फिल्म डुबे । दुबै फिल्म डुब्दा केकीलाई लिएर लगानी गर्ने निर्माताले पनि सोच्न पर्ने अवस्था आएको छ । अभिनेत्री केकी अधिकारीलाई लिएर निर्देशक यम थापाले २ वटा फिल्म निर्देशन गरे । यमले बनाएका ‘राज्जा रानी र हुर्रे’मा केकी शिर्ष भूमिकामा थिइन् । तर, दुर्भाग्य दुबै फिल्मले नराम्रोसँग डुबे ।
यी दुबै फिल्म डुब्दा निर्माताको ठूलो रकम नोक्सान भएको छ । दुबै फिल्म डुबेपछि केकीको करिअर पनि अब के भन्ने प्रश्न उठेको छ । हुनत, केकीले आजसम्म कुनै पनि हिट फिल्म दिएकी छैनन् । अब, केकीलाई आफैले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’माथि विश्वास गर्नुपर्ने भएको छ ।
कारण, केकी अरुको ब्यानरमा चलिनन् । जसले गर्दा वैशाख १४ गतेबाट रिलिज हुन लागेको फिल्मले केकीको करिअरमा पहिलो हिट फिल्म देला कि ?