फिल्म क्षेत्रमा लाग्दा बोल्ड एन्ड ब्यूटी भयो भने राम्रै काम पाइन्छ भन्ने धेरैको सोच छ । तर, बोल्ड र ब्यूटी भएर पनि फिल्म क्षेत्रमा काम नपाएका धेरै अभिनेत्री छन् । यो भिडमा मोडल सुष्मा अधिकारीको नाम सबैभन्दा अगाडि आउँछ ।
फेसबुक र इन्स्ट्राग्राम नियाल्ने हो भने, उनको हट फोटो दैनिक अपलोड भएको हुन्छ । म्यूजिक भिडियोमा काम पाइरहेकी सुष्माका यी तस्बिरले फिल्मीकर्मीको मन पगाल्न नै सकेन । जसकाकारण पनि उनले फिल्ममा काम पाएकी छैनन् ।
सुष्मा अधिकारीले केहि फिल्ममा काम गरिन् । तर, ती फिल्म आएको र गएको नै थाहा भएन । यसपछि, उनी म्यूजिक भिडियोमा नै बढी सक्रिय छिन् ।
सुष्मालाई फिल्मीकर्मीले खै किन पत्याएनन् उनलाई नै थाहा होला । तर, सामाजिक संजालमा दर्शकको राम्रै तारिफ कमाएकी यी अभिनेत्रीले नाम भने खासै कमाउन सकिनन् ।