फिल्म ‘नाई नभन्नु ल ५’को छायांकन सुरु गरिएको छ । आजबाट यो फिल्मको छायांकन पूर्वबाट सुरु भएको हो । विकासराज आचार्यको निर्देशनमा यो फिल्म बन्दैछ ।
यो फिल्मबाट नयाँ अभिनेता नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दैैछन् । अभिषेक नेपाललाई विकासले फिल्म क्षेत्रमा भित्राएका हुन् ।
अभिषेक अहिले कान्तिपुर फिल्म एकेडेमीमा अध्ययनरत छन् । फिल्ममा स्वस्तिमा खड्का, अनुभव रेग्मी, प्रियंका कार्की, केकी अधिकारीको पनि मुख्य भूमिका छ ।
फिल्म भदौ ८ गतेबाट रिलिज हुनेछ । यो फिल्ममा विकासराज आचार्य र सामिप्य तिमिल्सिनाको कथा, पटकथा तथा संवाद छ । फिल्ममा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन छ ।