फिल्म ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर रिलिज भएको छ । कमेडी जनरामा तयार भएको फिल्मको कमेडी ट्रेलर राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर रिलिज गरियो । विशाल भण्डारीको कथा रहेको फिल्ममा सान बस्न्यातको पटकथा तथा संवाद छ । फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने, रविन्द्र झा, कुशाग्र भट्टराई मुख्य भूमिकामा छन् ।
यो फिल्म वैशाख १४ गतेबाट रिलिज हुँदैछ । फिल्ममा अर्जुन तिवारीको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी, अर्जुन पोखरेल, कालिप्रसाद बाँस्कोटा र राजनराज सिवाकोटीको संगीत छ । अभिनेत्री केकी अधिकारीले फिल्म बनाउन निकै गाह्रो रहेको प्रतिक्रिया दिइन् । निर्देशक विशाल भण्डारीले फिल्मले २ घन्टा मनोरञ्जन दिने बताए ।