अभिनेत्री नीता ढुंगानाले अभिनय गरेको फिल्म ‘पञ्चायत’ चैत्र २ गतेबाट रिलिज भयो । समिक्षक र राजनीतिज्ञले समेत निकै राम्रो भनेको यो फिल्म हलमा लाग्यो तर चलेन । यो फिल्म सुपर फ्लप भयो ।
यो फिल्मबाट अभिनेत्री नीता ढुंगानाले ठूलो आशा गरेकी थिइन् । तर, नीशाको आशा निराशामा बदलियो । फिल्म नचलेपछि कलाकारको चर्चा पनि खासै हुँदैन । नीताले कस्तो काम गरेकी थिइन् दर्शकले मुल्यांकन नै गरेनन् ।
नेपालमा यो फिल्मले खासै चर्चा नपाएपनि विदेशमा भने पाएको थियो । अमेरिकामा आयोजना भएको एक महोत्सवमा नीताले यहि फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । नीता त्यसलाई करिअरकै उपलब्धि मान्छिन् ।
तर, विदेशमा चर्चा पाएको फिल्मले नेपालमा भने कुनै चर्चा पाएन । यसले, नीतालाई धक्का त लागेको छ नै । यो फिल्ममा नीताले १४ बर्षकी किशोरीको भूमिका निर्वाहा गरेकी थिइन् ।