शुक्रबार बेलुकी आयोजना गरिएको ‘दोश्रो फान अवार्ड’मा अभिनेता विपिन कार्की र अभिनेत्री श्रृजना सुब्बा उत्कृष्ट अभिनेता–अभिनेत्रीको विधामा विजेता बनेका छन् । यस्तै, सो अवार्ड समारोहमा अभिनेता प्रदिप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई ‘पपुलर स्टार अफ द इयर’को अवार्ड प्रदान गरियो ।
कार्यक्रममा कलाकार निर शाहलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई अवार्ड प्रदान गरे । सो कार्यक्रममा ‘चलचित्र पत्रकारिता सम्मान’बाट धु्रव लम्साल र लक्ष्मण सुवेदीलाई सम्मान गरियो । नेपाल चलचित्र कलाकार संघले वि.सं २०७३ सालमा रिलिज भएका फिल्महरुलाई अवार्ड प्रदान गरेको हो । अवार्डमा फिल्म ‘छक्का पन्जा’को वर्चस्व थियो । कलाकार संघले वितरण गरेको अवार्डमा कसले कुन विधामा अवार्ड प्राप्त गरेका छन्, हामीले यहाँ पूर्ण सूची प्रस्तुत गरेका छौः
उत्कृष्ट कथाः जात्रा
उत्कृष्ट पटकथाः दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट फिल्मः छक्का पञ्जा
उत्कृष्टः निर्देशकः हेमराज बिसी, गाजलु
उत्कृष्टः अभिनेताः विपिन कार्की, जात्रा
उत्कृष्ट अभिनेत्रीः सृजना सुब्बा, डाइङ क्याण्डल
उत्कृष्ट नव निर्देशकः दीपाश्री निरौला, छक्का पञ्जा
उत्कृष्ट नव नायकः आर्यन अधिकारी, के म तिम्रो होइन र
उत्कृष्ट नव अभिनेत्रीः सृष्टि श्रेष्ठ, गाजलु
उत्कृष्ट सह अभिनेताः जितु नेपाल, छक्का पञ्जा
उत्कृष्ट सह अभिनेत्रीः मेनुका प्रधान, गाजलु
उत्कृष्ट चरित्र अभिनेताः सन्तोष पन्त, किस्मत २
उत्कृष्ट चरित्र अभिनेत्रीः गौरी मल्ल, के म तिम्रो होइन र
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा
उत्कृष्ट खलपात्रः दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट संवादः दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल – छक्का पञ्जा
उत्कृष्ट द्वन्द्व निर्देशकः एनबी महर्जन, जय परशुराम
उत्कृष्ट सम्पादनः मित्र डी गुरुङ, जात्रा
उत्कृष्ट छायांकनः रविन आचार्य, डाइङ क्याण्डल
उत्कृष्ट गीतकारः डा. कृष्णहरी बराल, शब्द
उत्कृष्ट गायकः कालिप्रसाद बाँस्कोटा, पुरानो डुङ्गा
उत्कृष्ट गायिकाः मीना निरौला, लुट २
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी, छक्का पञ्जा
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज, छक्क पञ्जा