फिल्म ‘ड्रिम गर्ल’ असारमा रिलिज हुने भएको छ । असार २९ गतेबाट फिल्म रिलिज हुन लागेको जानकारी निर्देशक तथा निर्माता ऋषिराज आचार्यले मिडियालाई दिएका छन् । फिलमको वितरण कम्पनी डीसीएनसँग मिलेर फिल्मको प्रदर्शन मिति तय गरिएको हो ।
यो फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरविर पण्डित लगायतका कलाकारले काम गरेका छन् ।
यो फिल्मलाई निर्देशक आचार्यले ड्रिम प्रोजेक्ट नै भनेका छन् । फिल्मको छायांकन काठमाण्डौ, मुस्ताङ, राराताल, थाइल्याण्डमा गरिएको छ । फिल्ममा अर्जुन पोखरेलको संगीत, राहुल राइको छायांकन, नविन निरौलाको सम्पादन छ ।