अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अहिले फिल्म ‘रामकहानी’मा एकसाथ काम गरिरहेका छन् । यो फिल्म भदौ २२ गतेबाट रिलिज हुँदैछ । झट्ट हेर्दा पूजा धेरै बोल्ने र आकाश कम बोल्ने स्वभावका छन् । तर, फिल्मको पर्दामा राम र मायाको भूमिकामा देखिएका यी दुई एक अर्कामा कसलाई बढी रोमान्टिक भन्छन् होला ?
पूजाका अनुसार, उनले आकाशलाई रोमान्स सिकाएकी छिन् । आकाशले आफ्नो संगत गर्न थालेपछि बढी रोमान्टिक भएको पूजाको भनाई छ । तर, आकाश यो कुरा मान्न तयार छैनन् । उनी, पूजाले आफ्नो संगत गर्न थालेपछि रोमान्सको भाषा सिकेको बताउँछन् । साथै, उनले आफू पहिलेदेखि नै रोमान्टिक रहेको बताए ।
पूजा र आकाश एक अर्कामा आफू नै रोमान्टिक रहेको बताइरहेका छन् । अब, यी दुइमा कसले बढी रोमान्स गर्यो, यसका लागि फिल्मको रिलिज डेट नै प्रतिक्षा गर्दा राम्रो हुन्छ ।