फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को अहिले धमाधम छायांकन भैरहेको छ । यो फिल्मको छायांकन भैरहँदा विभिन्न खालका खबर पनि सार्वजनिक भैरहेका छन् ।
अभिनेता आमिर खानले अभिनेत्री फतिमा सेखलाई बढी महत्व दिएपछि अर्की अभिनेत्री कट्रिना कैफ आक्रोशित भएको खबर सार्वजनिक भैरहेका छन् । तर, यी खबरहरु सबै झुठो रहेको अभिनेत्री कैफले बताएकी छिन् ।
कैफले फतिमासँग विभिन्न व्यक्तिगत कुराहरु शेयर गर्ने गरेको बताएकी छिन् । कैफले आफ्नो व्यायम, जीम डाइटदेखि सबै कुरा शेयर गर्ने गरेको बताएकी छिन् ।
अहिले फतिमाको शरीर फिट देखिन थालेको छ । यसको क्रेडिट कतै कैफलाई त जाँदैन ?