अभिनेता राजेश हमाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणमा सहभागी गराउने भएका छन् । अभिनेता हमाललाई परराष्ट्र मन्त्रालयबाट आएको फोनमा भ्रमणका लागि तयार रहन भनिएको उनका सहयोगी रोशन हमालले बताएका छन् ।
प्रधानमन्त्री केपी ओली असार २३ गतेबाट भारतको औपचारिक भ्रमणमा जाँदैछन् । कुनै पनि प्रधानमन्त्रीको विदेश भ्रमणमा पहिलो पटक नेपाली फिल्म क्षेत्रको पनि प्रतिनिधित्व हुन लागेको हो ।
अभिनेता हमालसँगै निर्देशक दिनेश डीसी पनि भ्रमण टोलीमा सहभागी छन् । केही दिन अगाडि प्रधानमन्त्रीले यसपटकको आफ्नो भारत भ्रमणमा नेपाली फिल्म क्षेत्रबाट पनि कोही व्यक्तिलाई सहभागी गराउने बताएका थिए । उनले, भारत भ्रमणमा गएको भोलीपल्ट बलिउडकर्मीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।