अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको माग नेपाली फिल्म बजारमा धेरै छ । उनले, फिल्ममा हुन्छ मात्र भनिदिने हो भने बर्षमा दर्जन बढी फिल्ममा काम गर्न सक्छिन् । तर, साम्राज्ञी महंगो रकम लिएर थोरै मात्र फिल्ममा काम गरिरहेकी छिन् ।
साम्राज्ञीको योजना अनुसार उनले बर्षमा २ वटा मात्र फिल्म खेल्ने सोच लिएकी छिन् । बर्षमा २ वटा फिल्म खेलेर त्यसलाई नै पुरा समय दिने उनको योजना छ । उनले दर्शकलाई निराश हुन नदिने समेत बताएकी छिन् ।
यसोगर्दा, महंगो पारिश्रमिक लिनु नौलो कुरा नभएको साम्राज्ञी बताउँछिन् । उनले, आफूले १० लाख पारिश्रमिक लिदा ठूलै हल्ला गर्नुपर्ने अर्थ नरहेको पनि बताएकी छिन् । उनका अनुसार, एउटा फिल्ममा ६ महिना दिदा कलाकारले पनि सबै कुरा विर्सिएका हुन्छन् । यसैले, काम अनुसारको पारिश्रमिक लिएको साम्राज्ञीले बताएकी छिन् ।