फिल्मको पर्दामा बोल्ड नबनी चलिदैन भनिन्छ । जुन अभिनेत्रीले आफूलाई बोल्ड छविमा उतार्न सक्दैनन्, ती अभिनेत्रीको न त चर्चा हुन्छ न त दर्शकले नै चासो राख्छन् । यसैले पनि होला केहि अभिनेत्रीले बोल्ड छवि बनाएर चर्चा पाउने कोशिश गरेभने कतिपयले कामसँगै बोल्ड छवि पनि बनाए ।
अभिनेत्री बर्षा सिवाकोटीले फेसबुकमा राखेका केही तस्बिर हेर्दा उनी पनि बोल्ड बन्ने बाटोमा लागेको देखिन्छ । विकिनी शरीर बनाउनका लागि जीम धाइरहेकी सिवाकोटीले राखेको एक तस्बिरमा उनको बोल्ड शैली देखिन्छ ।
फिल्म ‘भैरे’मा समावेश एक लोकगीतमा नृत्य गरेपछि उनको मोटो शरीरको आलोचना भयो । यसपछि, उनले आफूलाई परिवर्तन गर्नका लागि जीम धाइरहेकी छिन् ।
अब, उनले जीम गएर आकर्षक बन्न थालेको आफ्नो तस्बिर फेसुबकमा पोष्ट गरेकी छिन् । जसमा, उनी हट र बोल्ड छिन् । फिल्मको पर्दामा पनि अभिनेत्री सिवाकोटीलाई दर्शकले यस्तै बोल्ड अवतारमा देख्न पाउलान् त ?