बलिउड अभिनेता बरुण धवनले आफू सधै नै प्रेममा रहेको बताएका छन् । उनले, भनेका छन्–‘म सधै नै प्रेममा नै छु ।’बरुणलाई पत्रकारले तपाई के अहिले प्रेममा हुनुहुन्छ भनेर सोधका थिए । बरुणले अहिले ‘लभ’ भन्ने शब्दको अर्थ नै हल्का भएको बताएका छन् । बरुणले भने–‘अहिले हामी लभ भन्ने शब्दलाई हरेक स्थानमा प्रयोग गर्छौ । जसकारण, यो शब्दलाई नै अहिले गिज्याएजस्तो भएको छ ।’
बरुणले विगत केहि बर्षदेखि उनको वुझाइमा लभको अर्थ नै बदलिएको बताए । बरुण नतासा नाम गरेकी यूवतीसँग प्रेममा रहेको चर्चा चल्दै आएको छ । बरुणले अभिनय गरेको फिल्म ‘अक्टोबर’ रिलिजको तयारीमा छ ।
बरुणले बलिउडमा काम गरेका अधिकांश फिल्ममा उनी रोमान्टिक अभिनेताको रुपमा देखिएका छन् । जसलेगर्दा पनि उनको परिचय लभर ब्वाइको रुपमा बदलिएको छ ।