फिल्म ‘हैरान’को शिर्ष गीत सार्वजनिक भएको छ । नयाँ बर्षको अवसर पारेर फिल्मको शिर्ष गीत रिलिज गरिएको छ । सत्यराज, स्वरुपराज आचार्य, बबिता मानन्धर र गिरिश खतिवडाको गीतमा स्वर छ । सत्य–स्वरुपले नै गीतमा शब्द तथा संगीत भरेका छन् ।
गीतमा फिल्मका सबै कलाकार देखिएका छन् । सरोज खनाल, गजित बिष्ट, सागर लम्साल, वुद्दि तामाङ, सत्यराज आचार्य लगायतलाई गीतको भिडियोमा देख्न सकिन्छ । यो फिल्मलाई विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेका हुन् । जेठ ४ गतेबाट यो फिल्म रिलिज हुनेछ ।