बलिउड अभिनेत्री करिना कपुर खान डिसेम्बरमा आमा बन्दै छिन् । तर, यहीबीचमा उनले फिल्म ‘विरे दी वेडिङ’मा काम गर्ने अनुमान गरिएको थियो । फिल्मको सुटिङ यही महिना सुरु हुने भनिएको थियो । तर, अब गर्भवती भएकै कारण करिनाले यो फिल्ममा काम नगर्ने सम्भावना बढेको छ । गर्भवती भएकाले स्वास्थ्यमा समस्या देखिएपछि करिनाले यो फिल्म छाड्ने सोच बनाएकी हुन् । सुटिङ सुरु नहुँदै फिल्म छाड्दा निर्माता रिया कपुर र एकता कपुरलाई समस्या नहुने भन्दै करिनाले यो विषयमा कुरा गरिसकेको भारतीय मिडियाले विभिन्न स्रोतको हवाला दिँदै दाबी गरेका छन् ।