जेठ ३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘वीर विक्रम २’को दोश्रो गीत ‘वाचा’ सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। नरेश भट्टराईको शब्द रहेको गीतमा तारा र दीपा लामाको स्वर रहेको छ।
गीतको भिडियोमा प्रेममा परेपछि खाने कसम र त्यसलाई निभाउन प्रेमी प्रेमिकाले गर्ने वाचालाई देखाइएको छ। भिडियोमा फिल्मका मुख्य दुई कलाकार पल शाह वर्षा सिवाकोटी फिचर्ड छन्। भिडियोमा कविराज गहतराजको करियोग्राफी रहेको छ।
मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्ममा नाजिर हुसेनको पनि मुख्य भूमिका रहेको छ। प्रदीप भारद्वाजको लेखन रहेको फिल्मलाई सुदिप बरालले खिचेका हुन्।