बलीउड एक्टर शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षी सिन्हा आफ्नो नयाँ चलचित्र ‘अकीरा’ लाई लिएर निकै चर्चामा छिन् । सोनाक्षी यो फिल्ममा एक्शन गर्लको रुपमा देखिदैछिन् । सोनाक्षीको राजनीतिलाई लिएर के भन्छिन् होला ‘उनी राजनीतिमा आउँछिन् वा राजनीतिमा जाने कुनै सोच नै छैन ।’ सोनाक्षीले भनेकी छिन्, “होइन मलाई थाहा छ मेरो भित्र यसको लागि इन्ट्रेस्ट छैन । मेरो पिता राजनेता हुनुहुन्छ, यसको मतलब यो होइन कि म पनि म पनि राजनीतिमा जाउँ ।” सोनाक्षीले आफ्नो नयाँ फिल्म अकीराको विषयमा भनिन्, “मेरो पिता यो फिल्म हेर्नका लागि आतुर हुनुहुन्छ । मेरी आमाले फिल्म हेरिसक्नु भएको छ र पितालाई यस विषयमा भनि पनि सक्नु भएको छ । त्यसैले अहिले मेरो पिता यो फिल्म हेर्न निकै आतुर हुनुहुन्छ । पितालाई फिल्मको ट्रेलर निकै मन परेको थियो ।” सोनाक्षीको फिल्म ‘अकीरा’ सिनेमा घरमा २ सेप्टेम्बरबाट लाग्दैछ ।