नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणको जोडीलाई बलिउडको सुन्दर जोडीका रुपमा हेर्ने गरिन्छ। धेरैले उनीहरुलाई आइडल जोडीका रुपमा लिने गर्छन्। उनीहरुको प्रेम गज्जब छ।

एक अन्तरवार्तामा नायिका दीपिकालाई बच्चाको विषयमा प्रश्न गरिएको छ। उक्त प्रश्नमा दीपिकाले अहिले नै कुनै योजना नभएको उत्तर दिएकी छिन्। उले भनेकी छिन्, ‘हाम्रो समाज नै यस्तै छ, बिहे नहुनजेल कहिले बिहे गर्ने भनेर सोधिरहन्छन्। अनि बिहे भएपछि बच्चा। हामीले अहिले नै बच्चाको विषयमा सोचेका छौनौँ।’ अहिले आफूहरु पूर्ण रुपमा करिअरमा फोकस भएको दीपिकाको भनाई छ।
दीपिकाले आफू र रणवीर दुबैलाई बच्चा निकै मन पर्ने समेत बताएकी छिन्। उनले थपेकी छिन्, ‘हामी दुबै जनालाई बच्चा निकै मन पर्छ। त्यसैले पनि बच्चा नपाउने भन्ने कुरै छैन्। तर, समय भने लाग्छ।’