यतिबेला कोभिड १९ का कारण बिश्वका सबैजसो देशमा फिल्म प्रदर्शन ठप्प छ । पहिलो चरणको कोरोनाले आक्रान्त पारेको फिल्मी बजार दोश्रो लहरसम्म पुग्दा झनै ध्वस्त अवस्थामा पुगेको छ । बिश्वकै ठुला हलिउड/बलिउड फिल्मीनगरी पनि अस्तव्यस्त बनेको छ । चलचित्रको छायांकनदेखि रिलिजका सम्पूर्ण काम रोकिएपछि कलाकारहरु कामविहिन बनेका छ्न । कैयौं फिल्मबाटै आश्रति प्राविधिकहरुलाई जीविकोपार्जनमा समस्या उत्पन्न भएको छ ।करिब १८ महिना कोभिड १९ बाट प्रभावित बनेको बिश्व फिल्मी क्षेत्र अब बिस्तारै लयमा फर्किने कोशिशमा छ । खोप अभियानसंगै अमेरिका र युरोपका केहि सहरहरुमा सिनेमा हलहरु आंशिकरुपमा खुल्दै गइरहेका छ्न । छिमेकी देश भारतमा कोरोना महामारीको दोश्रो लहर कम हुँदै गएपछि दिल्ली सरकारले हल खोल्न छुट दिएको छ । दिल्ली सरकारले ५० प्रतिशत अकुपेन्सीमा हल संचालनको अनुमती दिएको हो । यसले, प्रदर्शकहरुलाई केही हदसम्म भएपनि राहत दिएको छ । दिल्लीमा कोरोनाको केस कम भएपछि विस्तारै हरेक क्षेत्रहरु पुरानै लयमा फर्किएका छन् ।
यसैविच, बलिउड चलचित्रका वितरकहरु महाराष्ट्रमा हल खुल्ने दिनको प्रतिक्षामा छन् । महाराष्ट्र सरकारले अहिलेसम्म हल खोल्न दिने बिषयमा निर्णय गरेको छैन । बलिउड चलचित्रले सबैभन्दा बढी व्यापार नै महाराष्ट्रबाट गर्छन् ।
बलिउडका वितरकहरु महाराष्ट्रमा पनि हल संचालन गर्न दिने निर्णय भएको खण्डमा अगष्ट १५ बाट नायक अक्षय कुमारको ‘बेलबटम’ रिलिज हुने आशा व्यक्त गर्छन् ।