बलीउड दबंग सलमान खान र ऐश्वर्या रायले आफ्नो ब्रेकअपको विषयमा खुलेर अहिलेसम्म कुनै पनि कुरा बताएका छैनन् । सलमान र ऐश्वर्या सधै आफ्नो ब्रेकअपको कुरा लुकाएर राख्न चाहन्छन् । तर अहिलेको माहोल हेर्ने हो भने उनीहरुको सम्बन्ध केही सुधारको क्रममा छ । प्रेम सम्बन्ध टुटेपछि सलमान र ऐश्वर्याले अहिलेसम्म राम्रोसँग बोल्न त के हेर्न पनि एकअर्कालाई चाहेका छैनन् । तर ब्रेकअफ भएको लामो समयपछि सलमानले ऐश्वर्यालाई लिएर एक कमेन्ट गरेका छन् ।
एक वेब पोर्टलको खबर अनुसार, करण जौहरको फिल्म ऐ दिल है मुश्किलको टीजर हेरेपछि सलमानले भन्दै उठे,’She’s so beautiful’. ‘ऐश्वर्या राय यो उमेरमा पनि यति राम्रो देखिएकी छिन् कि कयौंको दिल उनको लागि पागल हुन्छ ।’ सलमानले पहिला नै ऐश्वर्यालाई आफ्नो दिल दिएका थिए । ऐ दिल है मुश्किलमा ऐश्वर्या, रणबीर कपूरसँग रोमान्स गर्दै गरेको अबस्थामा देखिएकी छिन् । बताइएको छ कि ऐश्वर्या र रणबीरको केही बोल्ड सीन पनि फिल्ममा रहेको छ ।