ओस्कार विजेता हलीउड अभिनेत्री जेनिफर लरेन्स आफ्नो विगतबारे बोल्न कुनै अफ्ठ्यारो मान्दिनन् । यसअघि पनि उनले बारम्बार आफ्नो विगतबारे बताउँदै आएकी छिन् । २६ वर्षीया जेनिफरले फेरि एकपटक आफ्नो वास्तविकता खुलासा गरेर सबैको ध्यान तानेकी छिन् । यसपटक उनले गरेको खुलासा हो, ‘मैले मदिरा सेवन छाडेँ ।’ अहिले आफूलाई नराम्रा बानीबाट पर राख्न खोजेकाले अधिकांश समय घरमै बिताउन थालेको पनि उनले खुलासा गरेकी छिन् । स्वस्थ जीवनशैलीका लागि आमाबाबुले सल्लाह दिएअनुसार आफूले यस्तो गरेको उनले जानकारी दिएकी छिन् ।