बलिउड अभिनेत्री तापसी पन्नू फिल्म ‘पिन्क’ मा काम गरेका कारण अहिले चर्चामा छिन् । उनी चर्चामा आउनुको कारण हो फिल्ममा अमिताभ बच्चन पनि हुनु । बच्चनसँग पहिलोपटक काम गरेकी पन्नूले फिल्ममा काम गर्दाको अनुभव सेयर पनि गरेकी छिन् । ‘उहाँ महाकलाकार हो,’ उनले भनिन्, ‘तर, मलाई उहाँसँग काम गर्दा कुनै डर लागेन । यो त मेरा लागि एउटा मौका थियो, त्यसैले डराउनुको कुनै कारण पनि थिएन ।’ उनले अमिताभसँग काम गर्न पाउँदा आफू उत्साहित भएको बताएकी थिइन् । भारतीय मिडियालाई अन्तर्वार्ता दिँदै २९ वर्षीया यी अभिनेत्रीले भनिन्, ‘बरु बच्चनसँग काम गर्दा मलाई नयाँ उचाइ मिलेको छ । यसले मेरो करिअरलाई थप सहयोग गरेको छ ।’ यो चलचित्र अहिले प्रदर्शन भइरहेको छ ।