एक्ट्रेस सनी लियोनको कन्नड फिल्म ‘लव यू आलिया’ रिलिज भएको पुरै दुई बर्ष १७ सेप्टेम्बरमा भएको छ । डायरेक्टर इन्द्रजीत लन्केशको फिल्ममा सनी गेस्ट अपीयरेन्स भुमिकामा थिइन ।
यो फिल्मको दौरान खिचिएका केही तस्बिरहरु हालै सार्वजनिक भएका छन्, जसमा सनीका निकै ग्लामरस नजरमा देखिएकी छिन् । देशभरमा यसको हिन्दी भर्जन जून २०१६ मा रिलिज भएको थियो । कन्नड फिल्मका डायरेक्टर लन्केशले भनेका थिए सनीसँग काम गर्न निकै रमाइलो रह्यो ।
रविचन्द्रन र भूमिका चावलाको मुख्य भुमिका रहेको यो रोमान्टिक चलचित्र थियो, जसमा सनी एक दिलचस्प भूमिकामा थिइन ।