एक्ट्रेस सना सईदको जन्म २२ सेप्टेम्बर, १९८८ मा मुम्बईमा भएको थियो । उनी हिजोबाट २८ बर्षमा लागेकी छिन् । उनले चाइल्ड आर्टिस्ट फिल्म ‘कुछ कुछ होता है’ बाट आफ्नो करियरको सुरुवात गरेकी थिइन । त्यसपछि उनले ‘हर दिल जो प्यार करेगा’, ‘बादल’ जस्ता फिल्महरुमा चाइल्ड आर्टिस्टको भुमिका निभाएकी छिन् । उनी ‘स्टूडेन्ट अफ द ईयर’ फिल्ममा पनि देखिएकी थिइन ।
उनी टिभीको रियलिटी शो झलक दिखला जा, नच बलिए, खतरों के खिलाड़ीमा समेत सहभागी भइसकेकी छिन् । उनले केही डेली सोपमा पनि अभिनय गरेकी छिन् ।