दिपावलीमा प्रदर्शन हुन लागेको फिल्म ‘शिवाय’ को प्रमोशनको लागि यूएस पुगेका अजय देवगनले आफ्नी श्रीमती काजोलसँगको एक शानदार तस्वीर शेयर गरेका छन् । यूएसमा प्रमोशनको दौरान अजय र काजोलले पापुलर बास्केटबल प्लेयर सतनाम सिंहसँग मिल्ने मौका पाएका थियो । अजय देवगनले सतनाम सिंहको साथ एक तस्बिरफेसबुकमा शेयर गरेका थिए र एक फन्नी केप्शन पनि लेखेका थिए । तस्वीरमा अजय र काजोलको बिचमा सतनाम सिंह उभिएका छन्, जसको विषयमा अजयले लेखेका छन्, ‘म र काजोलको बिचमा एक पर्खाल खडा भएको छ । मात्र जोक गरेको । सतनाम हामीलाई तिमी प्रति गर्व छ ।’ अजय देवगनको नयाँ फिल्म ‘शिवाय’ को प्रमोशनमा अहिले काजोल पनि अजयसँग हिँडिरहेकी छिन् । काजोलले हालैमा फेसबुकमा डेब्यू गरेकी छिन्, जुन कुरा उनले ट्विटरमार्फत जानकारी दिएकी छिन् ।