कुनै समयकी सफल अभिनेत्री हुन् सञ्चिता लुइँटेल । एकसमय उनलाई आफ्नो चलचित्रमा लिनका लागि निर्माताहरुको लाइन ठुलै हुन्थ्यो । उनी निर्माताहरुको रोजाईमा पर्न कम भइनन् तर केही बर्ष अगाडी नायक निखिल उप्रेतीसँग विवाह गरेपछि भने उनी झण्डै ५ बर्ष कुनै पनि नेपाली चलचित्रमा देखिइनन् ।
यतिसम्मकी उनले दुई सन्तानलाई जन्मदिएपछि मात्र नेपाली चलचित्रमा देखिइनन् । विवाह गरेपछि उनले ‘नाइँ नभन्नू ल ३’ मा अभिनय गरिन् । यो चलचित्र सफल भयो तर सञ्चिताले सफलताको स्वाद चाख्न पाइनन् । ‘नाइँ नभन्नू ल ३’ मा छोटो भुमिका भएका कारण दर्शकहरुले सञ्चिताको तारिफ गर्न सकेनन् । त्यसपछि उनले ‘आरोप’, ‘शिवा’, ‘राधा’ मा काम गरिन् ।
यि चलचित्र प्रदर्शनमा आउन बाँकी नै छन् । उनले ‘राधा’लाई भने आफ्नो सुपरहिट चलचित्र ‘छोडी गए पाप लाग्ला’सँग तुलना गरेकी छिन् । उनले ‘राधा’ आफ्नो लागि प्रतिक्षित भनेकी छिन् । त्यही क्रममा हाल सञ्चिता ‘गुनगुन’ नामक चलचित्रको छायाँकनमा व्यस्त छिन् । एकपछि अर्को गर्दै लगातार चलचित्रहरुको अफर सञ्चितालाई आइरहनुले अब सञ्चिताको व्यस्तता पहिलाको झैं बढ्दै जाने चलचित्रकर्मी बताउँछन् ।
दुई सन्तानलाई जन्मदिनएपछि केही मोटाएकी सञ्चिताले हाल आफ्नो शरीरको तौल केही घटाएकी पनि छिन् । ०५७ सालमा रमेश बुढाथोकीको निर्देशनमा डा.भोला रिजालले निर्माण गरेको ‘अप्सरा’ बाट नेपाली चलचित्रक्षेत्रमा डेव्यू गरेकी सञ्चिताले त्यसपछि थुप्रै नेपाली चलचित्रमा काम गरिन । -सिनेखबर डटकम