शक्ति कपूर र उनकी पत्नी शिवांगी छोरी श्रद्धा कपूरसँग रिसाएका छन् । एक अनलाइनका अनुसार, शक्ति र शिवांगीले श्रद्धालाई फेमिलीसँग धेरै भन्दा धेरै समय विताउन सल्लाह दिएका छन् । अहिले श्रद्धा मध्य रातमा घर पुग्ने गरेकी छिन् । उनी साँझसम्म आफ्नो चलचित्रको छायाँकनमा व्यस्त हुने भएका कारण घर जान ढिला हुने गरेको छ । रिपोर्ट्सका अनुसार, श्रद्धा मध्य साँझमा घर आउन थालेपछि परिवारले उनीसँग रिसाउँदै चाँडै घर आउन सल्लाह दिएका छन् । यति मात्र होइन, श्रद्धालाई परिवारले चलचित्रलाई भन्दा पनि परिवारलाई बढी समय दिन सल्लाह दिएको बताइएको छ । खबरका अनुसार, पछिल्लो समय उनी चलचित्रसँगै साथीहरुसँग बढी समय विताउने गर्छिन त्यसैले गर्दा उनीसँग अहिले परिवार रिसाएका छन् । उनीसँग यो बर्ष ३ चलचित्र हातमा छन् ।