टिभी एक्ट्रेस मौनी राय आजबाट ३१ बर्षमा लागेकी छिन् । सेप्टेम्बर २८, १९८५ मा भारतको पश्चिम बंगालमा जन्मिएकी मौनी रायले कयौ टिभी सिरियलमा काम गरिसकेकी छिन् । मौनी राय कलर्सको शो ‘नागिन’ बाट निकै फेमस भएकी थिइन र उनको फ्यान फोल्लोविंग पनि निकै बढेको छ । चाडै ‘नागिन २’ पनि कलर्स च्यानलबाट प्रशारण हुँदैछ । यस पटक सीरियलमा एक मात्र होइन दुई मौनी राय देख्न सकिनेछ । शोमा अहिले टाइम लीप आइरहेको कारण मौनी आमा र छोरी दुवैको भुमिका निर्वाह गर्नेछिन् । नागिन कलर्सको एक यस्तो हिट शो हो, जसबाट निकै टीआरपी आइरहेको थियो । मौनीले ‘नागिन’ को अलवा ‘क्योंकि सास भी कभी बहू थी’, ‘देवों के देव’‘महादेव’, ‘जूनून’, ‘झलक दिखला जा’ मा पनि काम गरिसकेकी छिन् ।