केही दिन अगाडी मात्र हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको सम्बन्धविच्छेद भएको छ । यो सम्बन्धविच्छेदपछाडि अनेक कारण रहेको अनुमान गरिएको छ । तीमध्ये पछिल्लो समय सबैभन्दा चर्चामा रहेको एउटा कारण हो– अर्की अभिनेत्री मरियन गर्भवती हुनु । केही समययता अभिनेता ब्राड पिट र अभिनेत्री मरियन कोर्टिलार्ड एक–अर्कासँग सम्बन्धमा रहेको चर्चा त यसअघि चलिसकेको थियो । यी दुवैले नोभेम्बरमा रिलिज हुने फिल्म ‘एलाइड’मा काम गरेका छन् । अब पछिल्लो समय खबर आएको छ– मरियन गर्भवती छिन् । अब यो खबर आएसँगै ब्राड पिट र एन्जेलिना जोलीको सम्बन्ध बिग्रिएको हुन सक्ने अनुमान गरिएको छ ।