सुरज सुब्बा ‘नाल्बो’ र विल्सन विक्रम राई (तक्मे बुढा) निर्माता रहेको चलचित्र ‘रातो घर’ को रिलिज मिति घोषणा गरिएको छ । चलचित्रका निर्देशक समेत रहेका सुरज सुब्बा ‘नाल्बो’का अनुसार चलचित्र ‘रातो घर’ यही बर्षको पौष १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ । यसअघि विदेशका विभिन्न ठाउँहरुमा प्रदर्शन गरिएको चलचित्र ‘रातो घर’ मा विल्सन विक्रम राई, संयम पुरी, गौरभ पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुँवर, उपशसना नेम्वाङ, श्याम राईको मुख्य भुमिका रहेको छ । त्यस्तै चलचित्रमा विपीन मल्लको सम्पादन, महेश खड्का र डम्बर नेपालीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रोशन श्रेष्ठको एक्सन रहेको छ । चलचित्रलाई कालो काम गर्नेको सेतो कथामा आधारित भनिएको छ ।